सुनको मूल्य तोलामा ३६ सयले बढ्यो
नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३ हजार ६०० र चाँदी ५० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल एक तोला सुनको मूल्य ३ लाख ५ हजार २ रुपैयाँ कायम भएको छ। शुक्रबार एक तोला सुन तीन लाख एक हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।यसैगरी, चाँदीको मूल्य प्रतितोला ४ हजार ७१० रुपैयाँ कायम भएको छ । शुक्रबार एक तोला चाँदी चार हजार ६६० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार ३७७ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।





प्रतिकृया दिनुहोस