धादिङको चालिसेमा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

धादिङको गजुरी गाउँपालिका–२ चालिसेमा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी रूपमा अवरुद्ध भएको छ । सोमबार बिहान करिब ५: ४५ बजे सडक माथिबाट सुख्खा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि पृथ्वीराजमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधन तथा यात्रु प्रभावित भएका छन्।  पहिरोका कारण सडक अवरुद्ध भएपछि इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक निरीक्षक रामशरण बस्नेतको नेतृत्वमा ६ जना प्रहरी तथा ट्राफिक प्रहरीको टोली घटनास्थलमा खटिएको छ ।

प्रहरीले सडक खुलाउने कार्य जारी रहेकाले यात्रुलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

 

प्रतिकृया दिनुहोस