साढे पाँच महिनापछि देउवा स्वदेश फिर्ता
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे पाँच महिनापछि स्वदेश फर्किएका छन्।
पूर्वमन्त्रीसमेत रहेकी पत्नी आरजु राणासँगै गत फागुन १३ गते उपचारका लागि सिंगापुर गएका देउवा बिहीबार नेपाल फर्किएका हुन्।
नेपाल आगमनसँगै उनलाई विमानस्थलमा बाजागाजा र झाँकीसहित भव्य स्वागत गरिएको छ। संस्थापनइतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा सहभागी हुन काठमाडौं आएका देशभरका कांग्रेस कार्यकर्ता देउवाको स्वागतका लागि विमानस्थल पुगेका थिए।
देउवा शुक्रबार काठमाडौंको सुकेधारास्थित पार्टी प्यालेसमा आयोजना हुने संस्थापनइतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुने कार्यक्रम रहेको छ।





प्रतिकृया दिनुहोस