आज एकैदिन तोलामा साढे ६ हजार सस्तियो सुन

नेपाली बजारमा सुनको मूल्यमा बुधबार उल्लेख्य गिरावट आएको छ । एकैदिन प्रतितोला ६ हजार ५०० रुपैयाँले घटेपछि सुनको मूल्य २ लाख ४१ हजार ४०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ । बुधबार चाँदी प्रतितोला १०५ रुपैयाँले घटेर ३ हजार ४० रुपैयाँमा झरेको छ । मंगलबार चाँदीको मूल्य ३ हजार १४५ रुपैयाँ रहेको थियो ।

प्रतिकृया दिनुहोस
↑