घोप्टेभीरमा दैनिक पाँच घण्टा सडक बन्द गरेर मर्मत हुँदै
चितवनको मुग्लिन नजिकै घोप्टेभीरमा सडक मर्मत तथा जोखिम व्यवस्थापनका लागि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिएको छ।
मंसिर ५ गतेदेखि सुरु भएको कामअन्तर्गत जोखिमयुक्त डाँडाको माथिल्लो भाग कटान गरी ढुङ्गा तथा माटो झार्ने काम भइरहेको मुग्लिन प्रहरीले जनाएको छ।
सडक सुरक्षालाई ध्यानमा राख्दै दैनिक बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गर्ने गरिएको छ। अर्को सूचना जारी नभएसम्म यो व्यवस्था कायम रहने प्रहरीले जनाएको छ।
सडक बन्द हुँदा नारायणगढतर्फबाट आउने सवारीसाधनलाई जुगेडी र आँपटारी, पोखरातर्फबाट आउनेलाई आँबुखैरेनी तथा काठमाडौँतर्फबाट आउनेलाई कुरिनटार नजिकैको रमाइलो डाँडामा रोकिने गरिएको छ।
प्रहरीले सडक बन्द हुने समयलाई ध्यानमा राखेर यात्रा गर्न र सम्भावित असुविधाबाट बच्न यात्रुलाई आग्रह गरेको छ।





प्रतिकृया दिनुहोस