सुनको मूल्य तोलामा १३ हजार ३०० रुपैयाँले वृद्धि, कति पुग्यो?

नेपाली बजारमा सुनको मूल्यले बिहीबार ठूलो छलाङ मारेको छ। एकैदिन प्रतितोला १३ हजार ३०० रुपैयाँले वृद्धि भएसँगै सुनको मूल्य २ लाख ८८ हजार ९०० रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार उल्लेख्य रूपमा बढेको हो।

यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बिहीबार चाँदी प्रतितोला २६५ रुपैयाँले बढेर ३ हजार ९२० रुपैयाँ पुगेको महासंघले जनाएको छ। बुधबार चाँदीको मूल्य  प्रतितोला रु तीन हजार ६५५ कायम थियो ।

प्रतिकृया दिनुहोस
↑