अक्टोबरमा एक लाख ३२ हजार विदेशी पर्यटक नेपाल भित्रिए
सन् २०२६ को अक्टोबर महिनामा १ लाख ३२ हजार ८१४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो संख्या गत वर्षको सोही महिनाको तुलनामा करिब चार हजारले बढी हो ।
अक्टोबरमा सबैभन्दा बढी १७ हजार ४३७ अमेरिकी पर्यटक नेपाल आएका छन् । गत वर्षको अक्टोबरमा १३ हजार २८६ अमेरिकी पर्यटक आएका थिए ।
त्यस्तै, भारतबाट १२ हजार ९७ पर्यटक नेपाल आएका छन् । गत वर्ष यही अवधिमा १७ हजार २९८ भारतीय पर्यटक आएका थिए ।
यसैगरी, चीनबाट ११ हजार ६९५ पर्यटक नेपाल आएका छन् भने बेलायतबाट आउने पर्यटकको संख्या चौथो स्थानमा रहेको छ ।





प्रतिकृया दिनुहोस