चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चिकित्सकले बडादसैँ पर्वका अवसरमा दुर्घटनाका घाइते, मुटु रोग, पक्षघात (स्ट्रोक), विषाक्त खाना, हड्डी अड्किने जस्ता समस्याबाट बच्न चिकित्सकले अनुरोध गेका छन् ।

चितवन मेडिकल कलेजमा डा दयाराम लम्सालले चाडपर्वको समयमा हुने यस्ता समस्यामा अधिक मादक पदार्थ सेवन मुख्य कारण हुने गरेको उgको भनाइ छ। चितवन : चिकित्सकले बडादसैँ पर्वका अवसरमा दुर्घटनाका घाइते, मुटु रोग, पक्षघात (स्ट्रोक), विषाक्त खाना, हड्डी अड्किने जस्ता समस्याबाट बच्न चिकित्सकले अनुरोध गेका छन् ।

चितवन मेडिकल कलेजमा डा दयाराम लम्सालले चाडपर्वको समयमा हुने यस्ता समस्यामा अधिक मादक पदार्थ सेवन मुख्य कारण हुने गरेको उgको भनाइ छ। 

प्राडा लम्सालले भने, “चाडपर्वमा मादक पदार्थ अधिक सेवन गरेर सवारी चलाउँदा धेरै दुर्घटना हुने र आपसी झैझगडाका क्रममा घाइते भई अस्पताल आउने विरामी पनि त्यत्तिकै देखिन्छ।”

चिल्लो, मासुजन्य पदार्थ, धुमपान र मादक पदार्थ बढी सेवन गर्दा हृदयघात र स्ट्रोक हुन सक्ने भन्दै उनले यस्ता कुरामा सावधानी अपनाउन आग्रह गरे। उनले खराब खानपानसँगै राति अबेरसम्म बसेर निन्द्रा नपुग्दा पनि जोखिम बढ्न सक्ने बताए।
 
हृदयघात र पक्षघात भएका बिरामीलाई समयमा अस्पताल पु¥याउन सक्यो भने बचाउन सकिने उल्लेख गर्दै प्राडा लम्सालले भने, “हृदयघात भएको एक घण्टाभित्र र पक्षघात भएको तीन घण्टाभित्र अस्पताल पु¥याउन सकियो भने बिरामीलाई बचाउन सक्ने सम्भावना धेरै हुन्छ।” 

यसैका लागि अस्पतालले चाडपर्वका समयमा पनि तयारी अवस्थामा विशेषज्ञ चिकित्सकहरूलाई राखेको उनले जानकारी दिए।

प्रतिकृया दिनुहोस
↑