गहुँको न्यूनतम समर्थन मूल्य ४ हजार १०७ रुपैयाँ निर्धारण
सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ निर्धारण गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए।
न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण निर्देशिका, २०८२ को आधारमा सरकारले गहुँको मूल्य तोकेको हो।
गत आर्थिक वर्षमा गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ९४५ रुपैयाँ निर्धारण गरिएको थियो। यस वर्ष सरकारले प्रतिक्विन्टल १६२ रुपैयाँले मूल्य बढाएको छ।
सरकारले न्यूनतम समर्थन मूल्य निर्धारण गरेसँगै किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने अपेक्षा गरिएको छ।





प्रतिकृया दिनुहोस