विश्वकप लिग-२ अन्तर्गत आज ओमानसँग खेल्दै नेपाल
आइसिसी विश्वकप लिग २ अन्तर्गत आज नेपालले ओमानसँग खेल्दैछ। ओमानको इमारात रंगलालामा विहान पौने १२ बजे खेल सुरु हुनेछ। सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल ओमानलाई पराजित गर्दै प्रतियोगितामा महत्वपूर्ण जित निकाल्ने लक्ष्यमा हुनेछ।
ओमानले सन् २०२७ को एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा स्थान पक्का गरिसकेको छ। ओमानले २९ खेलमा १४ जित र ११ हार सामना गरी ३३ अंक जोडेको छ।
ओमान अहिले चौथो स्थानमा छ। यसविपरीत नेपालको प्रदर्शन मिश्रित छ। एकदिवसीय मान्यता रक्षा गर्ने अभियानमा रहेको नेपाल तालिकाको छैटौँ स्थानमा छ। आइतबार क्यानडामाथिको जितले नेपाल एक स्थानमाथि उक्लिएको हो। नेपालले ३३ खेलमा १२ जित र १९ हार सामना गरी २६ अंक जोडेको छ।
यी दुईबिच अहिलेसम्म ११ पटक एकदिवसीय खेलमा प्रतिस्पर्धा भएका छन्। हेड टु हेडमा ओमानले नेपाललाई ६ खेलमा हराएको छ। नेपालले पाँच खेलमा जित निकालेको छ। पछिल्लोपटक एसिसी प्रिमियर कपमा नेपालले ओमानलाई ८७ रनले हराएको थियो।





प्रतिकृया दिनुहोस