भरतपुर अस्पताल विकास समितिमा नयाँ नेतृत्व

भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा क्षितिज पौडेल नियुक्त भएका छन्। त्यसैगरि समितिको सदस्यमा नवराज तिमिल्सिना र अनिता खड्का नियुक्त भएका छन्।

मन्त्रीस्तरीय निर्णयअनुसार पौडेललाई अध्यक्ष तथा तिमिल्सिना र खड्कालाई सदस्यमा नियुक्त गरिएको हो।

नवनियुक्त पदाधिकारीले अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै व्यवस्थापन, विकास तथा सेवा विस्तारमा आवश्यक भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

अस्पतालको सेवा गुणस्तरीय, व्यवस्थित तथा नागरिकमैत्री बनाउन समितिले आवश्यक समन्वय र सहजीकरण गर्ने जनाइएको छ।

भरतपुर अस्पताल संघीय सरकारअन्तर्गत सञ्चालन हुँदै आएको प्रमुख सरकारी अस्पताल हो।

प्रतिकृया दिनुहोस
↑