समस्याग्रस्त २५ सहकारीलाई सवारीसाधन बुझाउन निर्देशन
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका २५ सहकारी तथा तिनले लगानी गरेका वा सञ्चालन गरेका संस्थाका सवारीसाधन तत्काल बुझाउन निर्देशन दिएको छ।
समितिले सहकारी ऐन, २०७४ को दफा १०६ बमोजिम आफ्नो अधिकार प्रयोग गर्दै यस्तो सूचना जारी गरेको हो।
सूचनामा समस्याग्रस्त सहकारी तथा सम्बन्धित संस्थाको नाममा दर्ता भएका सबै प्रकारका सवारीसाधन, ढुवानीमा प्रयोग भइरहेका सवारीसाधनसमेत, जुन अवस्थामा छन् त्यही अवस्थामा समितिको कार्यालयमा ल्याएर बुझाउन भनिएको छ।
तोकिएको समयभित्र सवारीसाधन नबुझाए सम्बन्धित व्यक्ति वा संस्थाको घरजग्गा, बैंक खाता तथा लकर, राहदानीलगायत सम्पत्ति रोक्का राखी प्रचलित कानुनअनुसार कारबाही गरिने समितिले चेतावनी दिएको छ।
समितिले सहकारी ऐन, २०७४ को दफा १०६ अनुसार प्राप्त अधिकार प्रयोग गरी आवश्यक कारबाही अघि बढाउने जनाएको छ।
समितिको सूचनाअनुसार सवारीसाधन बुझाउनुपर्ने सूचीमा २५ समस्याग्रस्त सहकारी तथा तिनसँग सम्बन्धित संस्थाहरू रहेका छन्।





प्रतिकृया दिनुहोस