भरतपुरका सबै विद्यालय भोलि बन्द
भरतपुर । प्रतिकूल मौसमका कारण चितवनको भरतपुर महानगरपालिकाभित्रका सबै विद्यालय शुक्रबार (असोज ९ गते) बन्द हुने भएका छन्।
जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमानअनुसार देशभर भारी वर्षा, हावाहुरी र चट्याङको सम्भावना रहेको छ ।
प्रतिकूल मौसमका कारण बाढी तथा पहिरोको जोखिमसमेत रहेकाले विद्यार्थीको सुरक्षालाई ध्यानमा राख्दै महानगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो। भरतपुर महानगरपालिकाले पूर्वप्राथमिक तथा मन्टेश्वरीसहित महानगरपालिका क्षेत्रभित्र सञ्चालित सम्पूर्ण विद्यालयलाई भोलि एक दिन बिदा दिने निर्णय गरेको जनाएको छ।
महानगरपालिकाको मिति २०८३/०६/०८ गतेको निर्णयअनुसार प्रतिकूल मौसमको अवस्था हेरी विद्यालयमा बिदा दिन सकिने व्यवस्था गरिएको थियो। सोही व्यवस्थाअनुसार भोलि असोज ९ गते सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।






प्रतिकृया दिनुहोस