कांग्रेस भरतपुर महानगर सभापतिमा न्यौपाने निर्वाचित
नेपाली कांग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा बुद्धिकान्त न्यौपाने निर्वाचित भएका छन्।
बुधबार भएको निर्वाचनमा न्यौपानेले ६६० मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी ज्योतिप्रसाद कँडेलले ४१३ र कृष्ण विलास अधिकारीले १५९ मत प्राप्त गरे।
महानगर उपसभापतिमा मित्रनिधि तिवारी विजयी भएका छन्। उनले ७१५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी रेशमबहादुर देउजाले ४७७ मत पाए।
त्यस्तै, सचिवमा सुमित पराजुली निर्वाचित भएका छन्। महिला उपसभापतिमा कल्पना पौडेल खड्का र सहसचिवमा देउबहादुर थापा सर्वसम्मत चयन भएका छन्।
नेपाली कांग्रेस केन्द्रीय सदस्य जितनारायण श्रेष्ठका अनुसार भरतपुर महानगरको निर्वाचनमा एक हजार ३३५ मतदाता रहेकामा एक हजार २३२ जनाले मतदान गरेका थिए ।





प्रतिकृया दिनुहोस