सुवासनाले जितिन ‘द भ्वाइस किड्स नेपाल-५’ को उपाधि

‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्काले जितेकी छन्। शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा टिम वाङ्देन शेर्पाबाट प्रतिस्पर्धा गरेकी खड्का विजेता बनेकी हुन्।

उपाधिसँगै खड्काले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छन्। फिनालेमा कुल आठ जना प्रतियोगीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।

ग्रान्ड फिनालेमा हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालसहित प्रायोजकका प्रतिनिधिहरूले विजेतालगायत प्रतियोगीलाई पुरस्कार तथा सम्मान प्रदान गरेका थिए।

फिनालेमा टिम अर्जुन सापकोटाबाट आन्भी विष्ट र आर्मन कार्की, टिम मिलन नेवारबाट प्राञ्जल ढुंगेल र रुइसाङ पाख्रिन, टिम सत्यराज आचार्यबाट कविना राई र सम्राट खनाल तथा टिम वाङ्देन शेर्पाबाट सुवासना खड्का र क्रिएसन रोका सहभागी थिए।

‘भ्वाइस किड्स’ हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको छ।

प्रतिकृया दिनुहोस