सर्पदंश उपचारका लागि एन्टी स्नेक भेनम पर्याप्त रहेको मन्त्री मेहताको दाबी
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले देशभर सर्पदंश उपचारका लागि आवश्यक १ हजार २६९ डोज एन्टी स्नेक भेनम मौज्दात रहेको बताएकी छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले स्वास्थ्य सेवा प्रवाहलाई थप सहज, गुणस्तरीय, प्रभावकारी र सर्वसुलभ बनाउन सरकारले स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताइन्।
एन्टी स्नेक भेनमको उपलब्धताबारे जानकारी दिँदै उनले स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार केन्द्रीय स्टोरमा १३८ डोज, प्रादेशिक स्वास्थ्य आपूर्ति केन्द्रमा ४४४ डोज, स्वास्थ्य कार्यालयमा २२२ डोज तथा सर्पदंश उपचार केन्द्रमा ४६५ डोज गरी कुल १ हजार २६९ डोज मौज्दात रहेको जानकारी दिइन्।
मन्त्री मेहताले आवश्यकताअनुसार देशभर सर्पदंश उपचार सेवालाई प्रभावकारी बनाउन मन्त्रालयले आपूर्ति व्यवस्थापनलाई निरन्तर प्राथमिकतामा राखेको पनि बताइन्।



.jpeg)
.jpeg)
प्रतिकृया दिनुहोस