परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा आयोजित रक्तदान कार्यक्रम चितवनमा सम्पन्न
५ वैशाख, चितवन। परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा “जीवनको कदर” गर्दै रक्तदान परमेश्वरको मण्डलीद्वारा ‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम रक्तदान अभियान’ अन्तर्गत आज चितवनमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। आज चितवनको रत्ननगर परमेश्वरको मण्डलीमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा विश्वासीहरू, उनीहरूका परिवारहरू र छिमेकीहरू गरी करीब १५० जना भन्दा बढीले सहभागिता जनाएका थिए । रक्तदान पश्चात रक्तदान गर्न पाएकोमा आफु खुसि रहेको रक्तदाता हरुले बताएका छन्। परमेश्वरले निस्तार-चाडद्वारा जिवन दिए जस्तै आफु पनि रक्तदान गर्न पाएकोमा खुसि रहेको रक्तदाता तनुजा चौधरीले बताएकी छन्। परमेश्वरको मण्डलीले ख्रीष्टको बलिदान समावेश भएको यस दिनको सम्झनामा हरेक वर्ष विश्वव्यापी रूपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको आयोजक परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले बताएको छ। नेपाल रेडक्रस सोसाइटी भरतपुर शाखाले चिकित्सा सामग्री तथा रक्तदानमा आवश्यक पर्ने सबै कुराहरूमा सहयोग गरेको छ । हर्षोल्लासका साथ् बिहान ९ बजेदेखि सुरु भएको कार्यक्रम अपरान्ह २ बजेसम्म भएको हो। कार्यक्रममा कुल १०० जनाले रक्तदान गरेका छन्। रक्तदाताद्वारा कुल ४०,००० मि.लि. रगत संकलन गरिएको छ। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र, चितवन शाखाका जिल्ला सभपति हरि प्रसाद पौडेलको उपस्थिति रहेको थियो।
पौडेलले अनवरत रूपमा विभिन्न वातवरण सरसफाई , भुकम्प पिडितहरूलाइ सहयोग जस्ता योगदान पुराउदै आएकोमा मण्डलीप्रति आभार व्यक्त समेत गर्नुभएको छ । यस्तै कार्यक्रममा ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक रमेश विष्ट तथा नेपाल महिला देवि संधकि अध्यक्ष देवि अधिकारीले रक्तदान जस्तो महान कार्य सराहनीय भएको बताउनु भएको छ।
यसअघि अप्रिल ८ तारिखमा काठमाडौंको ललितपुरमा पनि रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । साथै, यो वर्ष मात्रै काठमाडौंको नागार्जुन र बुढानिलकण्ठमा, भक्तपुरमा, गण्डकी प्रदेशको नवलपुरमा, सुदूरपश्चिम प्रदेशको कैलालीमा, मधेसी प्रदेशको पर्सामा र लुम्बिनी प्रदेशको बाँके र रुपन्देही लगायत देशैभर रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।
.jpeg)
.jpeg)
.jpeg)





प्रतिकृया दिनुहोस