पूर्वप्रधानमन्त्री नेपाल सहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालसहित ९७ जना विरूद्ध भ्रष्टचारको मुद्दा दर्ता भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा उनीहरूविरूद्ध मुद्दा दर्ता गरेको हो। सुनसरीको इटहरीमा रहेको रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्डस्ट्रिज) को हदबन्दीभन्दा धेरै जग्गा मन्त्रिपरिषदबाट निर्णय गराएर सट्टापट्टाको नाममा बिक्री गरेको आरोप छ। यस प्रकरणमा मुद्दा दर्ता हुने क्रममा रहेको विशेष अदातलती सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन्। 

नेपाल प्रधानमन्त्री रहेको बेला मन्त्रिपरिषद बैठकले नै हदबन्दीभन्दा बढीको जग्गा विक्री गर्न अनुमति दिएको अख्तियारको दाबी छ। त्यसबेला मन्त्रिपरिषद्ले ५९ बिघा ९ कट्ठा जग्गा सट्टापट्टा गर्न दिएर विक्रीको वातावरण बनाइदिएको अख्तियारको आरोप छ। 

प्रतिकृया दिनुहोस
↑