साइबर सुरक्षा जोखिमपछि समकक्षता प्रमाणपत्र वितरण सेवा बन्द
पाठ्यक्रम विकास केन्द्रले समकक्षता प्रमाणपत्र वितरण सेवा केही समयका लागि बन्द गरेको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको केन्द्रले राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सम्बन्धित प्रणालीमा सुरक्षा कमजोरी फेला पारेपछि जरुरी साइबर सुरक्षा एडभाइजरी जारी गरेकाले सेवा अस्थायी रूपमा बन्द गरेको जनाएको छ।
केन्द्रका अनुसार साइबर सुरक्षा जोखिमलाई ध्यानमा राख्दै अनलाइन समकक्षता प्रणालीको सुरक्षा अद्यावधिक गर्ने काम भइरहेको छ। प्रणालीको सुरक्षा सुदृढीकरणका लागि प्राविधिक काम भइरहेकाले हाललाई समकक्षतासम्बन्धी सेवा रोकिएको हो।
प्राविधिक अद्यावधिकको काम सम्पन्न हुनासाथ सेवा पुनः सञ्चालनमा ल्याइने केन्द्रले जनाएको छ।





प्रतिकृया दिनुहोस