सुन तोलामा ५ सय र चाँदी ३० रुपैयाँले घट्यो

शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर २ लाख ९८ हजार ६ सय रुपैयाँमा झरेको छ। बिहीबार सुन प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको छ। बिहीबार ४ हजार ६५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ४ हजार ६३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

यससँगै शुक्रबार सुनसँगै चाँदीको मूल्यमा समेत सामान्य गिरावट देखिएको हो।

प्रतिकृया दिनुहोस
↑