चितवनमा बिल्ड नेपाल एक्स्पो हुंँदै 

चितवन । चितवनमा घर तथा जग्गा व्यवसायलाई प्रर्वद्धन गर्ने उद्धेश्यसहित बिल्ड नेपाल एक्स्पो २०२६  हुने भएको छ । निर्माण कम्पनी एसवन होम्स र भी ग्रुप इभेन्टस् प्रालीको  संयुक्त आयोजनामा चितवन उद्योग  संघ स्थित चितवन प्रर्दशनी केन्द्रमा यही आउंँदो मंसिर ११ देखि १३ गतेसम्म उक्त एक्स्पो हुन लागेको हो ।

घरजग्गाको कारोबार, भवन निर्माण  एवं यसका लागि चाहिने निर्माण सामाग्री सम्बन्धी जानकारी दिने उद्देश्यले बिल्ड एक्स्पो आयोजना गर्न लागिएको एसवन होम्सका प्रबन्ध निर्देशक तथा एक्स्पोका संयोजक सुरज न्यौपानेले जानकारी दिए । देशकै केन्द्रविन्दु र हरेक क्षेत्रमा सम्भावना बोकेको चितवनलाई लक्षित गर्दै घरजग्गा कारोबारलाई गतिदिन यो एक्स्पो गर्न लागिएको संयोजक न्यौपानेले बताए  । 

घरजग्गा  तथा घर निर्र्माण सामाग्री विक्रेता तथा क्रेतालाई एकै ठाउंँमा समेट्ने उद्धेश्य सहित एक्स्पो गर्न लागिएको उनको भनाई छ । घर तथा बसोबास निर्माणलाई गुणस्तरीय तथा सहज बनाउन सरकारी निकाय र निजीक्षेत्रको सहकार्य सहित एक्स्पो आयोजना गर्न लागिएको भीग्रुप इभेन्टसका अध्यक्ष विपिन कंडेलले जानकारी दिए ।  
 
एक्स्पोमा  अत्याधुनिक, बलियो, भुकम्प प्रतिरोधी, टिकाउ र सुन्दर घर बनाउनेबारे सम्पूर्ण जानकारी एकै ठाउँबाट लिन सकिनेछ । घर बनाउन चाहिने आवश्यक सामाग्री, सरकारी मापदण्ड र सुरक्षासम्बन्धी विषयमा पनि जानकारी गराइने उनले बताए  । हाल एक्स्पोलाई व्यवस्थित र उपलब्धीमुलक बनाउने बिषयमा सरोकारवाला संँग राय सुझाव संकलन भईरहेको आयोजकले जानकारी दिएको छ ।
 
तीन दिनसम्म चल्ने एक्सपोमा   निर्माण कम्पनी, निर्माण सामग्री उत्पादक, घरजग्गा व्यवसायी, इन्जिनियर, उपभोक्ता सर्वसाधारण, विद्यार्थीहरुलाई फाइदा पुग्ने विश्वास राखिएको छ । एक्स्पोमा सहभागी हुन उद्योगी , व्यवसायी  बिक्रेता एवं सेवाग्राही तथा उपभोक्तालाई सहभागी हुन आग्रह गरिएको छ । प्रर्दशकले आफ्नो व्यवसायलाई प्रर्वद्धन गर्न समयमै स्टल बुकिङ्ग गर्न समेत आयोजकले अनुरोध गरेको छ । चितवन उद्योग संघ चितवन र भरतपुर महानगरपालिकाको समन्वयमा आयोजना हुने यो एक्स्पो  चितवन एक्स्पो सेन्टरमा आयोजना गर्न लागिएको हो ।

प्रतिकृया दिनुहोस