एनपीएलकाे तेस्रो संस्करण कात्तिक ९ गतेदेखि

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि सुरु हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिता कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुने जनाएको हो।

क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिअनुसार प्रतियोगिता दसैँ र तिहारको बीचमा आयोजना हुनेछ। तिहारका दुई दिनबाहेक अन्य दिन खेल सञ्चालन गर्ने तयारी क्यानको छ।

यसअघि एनपीएल तिहारपछि मंसिरमा आयोजना हुँदै आएको थियो। तेस्रो संस्करणका लागि खेलाडीको अक्सनसमेत सम्पन्न भइसकेको छ भने सहभागी टोलीहरूले विदेशी खेलाडी अनुबन्ध गर्ने प्रक्रिया अघि बढाइरहेका छन्।

एनपीएलले पहिलो संस्करणदेखि नै नेपाली क्रिकेटमा लोकप्रियता हासिल गर्दै आएको छ। पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो भने दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्स बनेको थियो।

प्रतिकृया दिनुहोस