play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

आईपीएलमा कोलकत्तालाई हैदराबादद्वारा १४३ रनको लक्ष्य पेश

0

असोज १०, युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा सनराईजर्स हैदराबादले कोलकत्ता नाइट राइडर्सलाई जितका लागि १ सय ४३ रनको लक्ष्य दिएको छ ।अबुधाबीस्थित शेख जायद स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४२ रन बनायो ।हैदराबादका लागि मनिस पाण्डेले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ३८ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।


यस्तै कप्तान डेभिड वार्नरले ३६ रन जोड्दा जोनी बेयर्स्टो ५ रनमा आउट भए ।रिद्धिमान शाहले ३० तथा मोहमद नाबीले अविजित ११ रन बनाए ।कोलकत्ताका पाट कुमिन्स, भरुण चक्रवर्ती र आन्द्रे रसेलले १/१ विकेट लिए ।
आज दुबै टिम पहिलो जित निकाल्ने योजनामा रहेका छन् ।पहिलो खेलमा कोलकत्ता मुम्बई इण्डियन्ससँग ४९ रनले पराजित भएको थियो ।यस्तै पहिलो खेलमा हैदराबाद रोयल च्यालेन्जर्स बैंगलोरसँग १० रनले पराजित भएको थियो ।

Share.

Leave A Reply