play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

नेकपा अध्यक्षद्वय ओली र प्रचण्ड मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम कसरतमा

0

असोज १०, प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिमण्डल पुनर्गठनको अन्तिम तयारीमा जुट्नुभएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहनुभएका उहाँले मन्त्रिमण्डल पुनर्गठनबारे अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग निरन्तर छलफल गरिरहनुभएको छ ।पार्टीले दुई अध्यक्षलाई मन्त्रिमण्डल पुनर्गठनको जिम्मेवारी दिइसकेकाले उहाँहरु छलफलमा जुट्नुभएको नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताउनुभयो । यसबारे पार्टीले दुई अध्यक्षलाई जिम्मा लगाइसकेकाले उहाँहरुको सहमतिअनुसार नै मन्त्रिमण्डल पुनर्गठन हुने उहाँको भनाइ छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार झण्डै ३ घण्टा छलफलमा जुट्नुभएका दुई अध्यक्षको भेटघाट अहिले बाक्लिएको छ । अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले मन्त्रिमण्डल पुनर्गठनबारे केही दिनदेखि निरन्तर छलफल भइरहेको तर यसबारे अन्तिम निर्णयमा भने पुगिनसकेको बताउनुभयो ।


मन्त्रिमण्डल पुनर्गठनको मापदण्डबारे दुई अध्यक्षबीच छलफल भइरहे पनि कसलाई नियुक्ति गर्ने र कसलाई बिदाइ गर्ने भन्नेबारे सहमति जुट्न सकिरहेको छैन । गएको आइतबारको सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठन गरेर सरकारलाई थप प्रभावकारी बनाउनेबारेको प्रस्ताव पेस भएसँगै नेकपाले यसको सहमति जुटाउने जिम्मेवारी दुई अध्यक्षलाई दिएको हो ।सचिवालय बैठकले पार्टी एकतालाई मजबुत बनाउन १० दिनभित्र पार्टीकाे साङ्गठानिक कार्ययोजना पेस गर्न पनि दुई अध्यक्ष र महासचिवलाई जिम्मा दिएको थियो । उहाँहरुबीच सबै मन्त्री फेर्ने वा दुई वर्ष पूरा भएकालाई हटाउने र बाँकी राख्ने तथा राम्रा काम गरेकालाई राख्दै अरुलाई फेरबदल गर्ने भन्ने विकल्पमा छलफल भैरहेको छ । अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल दुई वर्षको कार्यकाल पूरा गरेका सबै मन्त्री फेरबदल गर्नुपर्ने पक्षमा हुनुहुन्छ ।

Share.

Leave A Reply