play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

‘सुआरेज तिमलाई अर्को जर्सीमा देख्दा अजिब लाग्नेछ’: मेस्सी

0

असोज १०, लियोनल मेस्सीले लुईस सुआरेजलाई क्लब बाहिर पठाउने निर्णयमा प्रश्न उठाएका छन् ।क्लबमै बस्ने मेस्सीको निर्णयले बार्सिलोनासंग अर्जेन्टिनी फरवार्डको विवाद अन्त्य भएको आँकलन गरिएको थियो । तर सुआरेजको बहिर्गमनले सिजन सुरु नहुदै क्लबमा पुन समस्या आउने संकेत देखिएको छ ।सुआरेजलाई क्लब बाहिर पठाउने निर्णयमा मेस्सीले चर्को असन्तुष्टि जनाएका छन् ।

सुआरेजको बहिर्गनमा मेस्सीको सन्देशले नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानका लागि खराब समाचार हुन सक्छ ।

सन् २०१९–२० को सिजनसको अन्त्यसंगै मेस्सीले क्लब छाड्ने निर्णय गरेका थिए । ६ पटकका वालेन डी ओर विजेताले क्लब छाड्न चाहेको बताएका थिए । तर क्लबले अनुमती नदिएपछि मेस्सीले बार्सिलोनामै बस्ने निर्णय लिए ।

क्विक सेटियनलाई स्थानान्तरण गर्दै बार्सिलोनाको कमाण्ड सम्हाल्न आईपुगेका रोनाल्डो कोम्यानले सुआरेजलाई आफ्नो योजनामा नरहेको भन्दै क्लब छाड्न भनेका थिए ।

युभेन्टस जाने प्रयास असफल बनेपछि सुआरेज ला लिगा प्रतिद्धन्दी एट्लेटिको मड्रिडमा दुई बर्षका लागि अनुबन्धित भएका छन् ।

दक्षिण अमेरिकाका दुई फरवार्ड मेस्सी र सुआरेजले बार्सिलोनामा निकै सफल बर्ष बिताएका थिए ।

उरुग्वेका अन्तराष्ट्रिय खेलाडीको वहिर्गनमसंगै मेस्सीको फरवार्ड लाइनमा अब सुआरेज हुने छैनन् ।

Share.

Leave A Reply