play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

चितवनमा कैलालीका संक्रमित युवाको मृत्यु

0

असोज १० , काठमाडौं । भरतपुरस्थति चितवन मेडिकल कलेजमा थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ।

कैलाली गोदावरी नगरपालिका वडा नं. १ का ३० वर्षका युवाको उपचारका क्रममा मृत्यु भएको मेडिकल कलेजका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए।

शुक्रवार मृगौलासम्बन्धी दिर्घरोग र श्वास प्रश्वासमा समस्या आए पछि भर्ना भएका युवकको उपचारका क्रममा शुक्रवार राती ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

अस्पतालमा कोभिड १९ को परीक्षण गरी इमरजेन्सी आइसियूमा उपचारका क्रममा उनको मृत्यु भएकोमा शनिवार संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

यसअघि शनिवार बिहान नै अर्का एक कोभिड-१९ संक्रमितको चितवन मेडिकल कलेज अस्पतालमा मृत्यु भएको थियो।

मकवानपुर जिल्ला हेटौडा नगरपालिका वडा नं. ०९ का ७४ का पुरुषको मृत्यु भएको थियो। अस्पतालमा ३ गते श्वास प्रश्वास तथा निमोनिया को समस्या भई भर्ना भएका उनमा ९ गते शुक्रवार कोभिड-१९ को संक्रमण पुष्टि भएकोमा शनिवार १० गते विहान १२:१८ बजे मृत्यु भएको डाक्टर लम्सालले जानकारी दिए।

Share.

Leave A Reply