play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

आईपीएलमा आज सन्दीप आबद्द दिल्ली र चेन्नई भिड्दै

0

असोज ०९, युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (शुक्रबार) दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ ।दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्ली आफ्नो दोस्रो र चेन्नई तेस्रो खेलका लागि मैदान उत्रने छन् ।दिल्ली र चेन्नईबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।श्रेयस आयरको कप्तानीमा मैदान उत्रने दिल्ली लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।पहिलो खेलमा दिल्लीले किङ्स इलाभेन पन्जाबलाई सुपर ओभरमा पराजित भएको थियो ।

यता, महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने चेन्नई पनि दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ ।पहिलो खेलमा चेन्नईले मुम्बई इण्डियन्सलाई ५ विकेटले हराएको थियो ।तर, दोस्रो खेलमा चेन्नई राजस्थान रोयल्ससँग १६ रनले पराजित भएको थियो ।दुई टिमबीचको पछिल्लो पाँच खेलको नतिजा हेर्दा चेन्नई बलियो देखिएको छ ।दिल्लीले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई समेत मैदान उतार्ने संभवाना कम रहेको छ । पहिलो खेलमा भने सन्दीपले मौका पाएका थिएनन् ।

Share.

Leave A Reply