play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

मेस्सी र रोनाल्डो ‘प्लेयर अफ दि इयर’ अवार्डको मनोनयनमा परेनन्

0

असोज ०७, यूईएफए प्लेयर अफ दि इयर अवार्डको मनोनयन सार्वजनिक भएको छ ।युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले सार्वजनिक गरेको मनोनयनमा तीन खेलाडी परेका छन् ।मनोनयनमा म्यान्चेस्टर सिटीका केभिन डी ब्रुएन, बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की र मानुएल नुएर रहेका छन् ।यूईएफएले सार्वजनिक गरेको मनोनयनमा पहिलो पटक लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो परेका छैनन् ।


बार्सिलोनाका मेस्सी र युभेन्ट्सका रोनाल्डो पछिल्लो १० वर्षमा पहिलो पटक मनोनयनमा नपरेका हुन् । यस अघि उनीहरु लगातार पर्दै आएका थिए ।महिलाको प्लेयर अफ दि इयर अवार्डका लागि ओलम्पिक लुसी ब्रोन्ज, पेर्निल हार्डेर र वेन्डी रिनार्ड परेकी छिन् ।कोच अफ दि इयर अवार्डका लागि पुरुषतर्फ बायर्नका हान्स डीटर, लिभरपुलका योर्गेन क्लोप र लाइपजिगका जुलियन मनोनयनमा परेका छन् ।महिलातर्फ बार्सिलोनाका लुइस कोर्टिस, उल्फवर्गका स्टेपहान लेर्च र ओलम्पिक लियोनेसका जिन लुक मनोनयनमा परेका छन् ।अवार्ड आगामी अक्टोबर १ मा प्रदान गरिनेछ ।

Share.

Leave A Reply