play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

भरतपुर १३ गंगानगरको सुकुमबासी टोलमा बिहान सालको रुख लड्दा एक जना घाईते

0

सिनर्जी डेक्स
असोज ०७, भरतपुर महानगरपालिका वडा नम्बर १३, गंगानगरको सुकुमबासी टोलमा आज बिहान सालको रुख लड्दा तिलबहादुर तमाङ्ग घाईते भएका छन् । घर छेउकै सुकेको सालको रुख लगातारको वर्षा र हावाहुरीको कारण विहान ८ बजे घर माथि लडेको थियो । घर भित्र खाना पकाउदै गरेका तिलबाहादुरलाई टाउँको र शरिमा चोट लागे पछि स्थानीयले स्वास्थ्य केन्द्रमा पुराएको वडा सदस्य कुमारीमाँया लोले जानकारी दिईन् । रुख लड्दा घर पुर्ण रुमा भत्तकीएको छ ।

तिलबहादुर सहित उनको श्रीमती र दुई छोरा उत्त घरमा बस्दै आएका थिए । श्रीमती काम र छोराहरु बाहिर खेल्न भएको समयमा उक्त रुख लडेकाले परिवारको अन्य सदस्यहरुलाई भने सुरक्षीत छन् । यस ठाउँमा सुकेका सालका रुखहरुका कारण स्थानीयले वर्षे नि जस्तो यस्तो समस्या भोग्दै आएका छन् । सम्बन्धित निकायहरुलाई यस विषयमा जानकारी गराउँदा समेत वेवस्ता गर्ने गरेको वडा सदस्य ला बताउछिन् ।

Share.

Leave A Reply