play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

कन्ट्याक्ट ट्रेसिङबाट चितवनमा आज थप तीन जनामा कोरोना संक्रमण पुष्टि

0

चितवन, साउन २६ । चितवनमा आज (सोमबार) थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको स्रोतले जानकारी दिएको छ । तीनै जना कन्ट्याक्ट ट्रेसिङबाट स्वाब परीक्षण गराएका थिए । शनिबार कोरोना पुष्टि भएका प्रहरी, बैंकका कर्मचारीको ट्रेसिङ गर्दा उनीहरुमा कोरोनो संक्रमण पुष्टि भएको स्रोतले बतायो ।

पहिलो चरणमा गरिएको २०० जनाको परीक्षणमा तीन जनामा मात्रै संक्रमण पुष्टि भएको हो । अन्य २ सय जनाको अहिले परीक्षण भइरहेको छ ।

Share.

Leave A Reply