राप्ती नगरपालिका–२ का स्व.चेपाङको परिवारलाई खाद्यान्न सामग्री हस्तान्तरण

0


साउन २५
नेपालमा लायन्स क्लब स्थापना भएको ५० बर्ष अर्थात स्वर्ण जयन्तीको अबसरमा लायन्स क्लब अफ रत्ननगर शान्ती चोक र लियो क्लब अफ रत्ननगर सान्ती चोकको संयुक्त आयोजनामा चितवनको राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको परिवारलाई आज एक कार्यक्रमको बिच खाद्यान्न सामग्री स्व.राजकुमारको धर्मप्रति रिपु चेपाङलाई हस्तान्तरण गरिएको लियो क्लब अफ रत्ननगर शान्ती चोकको प्रथम उपाध्यक्ष लियो रोसन तिमल्सिनाले जानकारी दिनु भयो । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सेनाले माछा मार्न गएका राजकुमाको सेनाको कुटपिटपछि उपचारको क्रममा मृत्यु भएको थियो
आज चेपाङको परिवारलाई खाद्यान्न सहयोग गर्न राप्ती नगरपालिका २ का वडा सदस्य ज्ञान प्रसाद पान्डे , नेपाल चेपाङ संघको पुर्ब अध्यक्ष बलराम चेपाङ , लायन्स क्लब अफ रत्ननगर पुर्ब अध्यक्ष ला.बालकृष्ण भट्टराई,ला.गोकुल पराजुली ,ला.पुजन लामिछाने लियो क्लब अफ रत्ननगर शान्ति चोकको प्रथम उपाध्यक्ष लियो रोसन तिमल्सिना लगाएत स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति थियो कार्यक्रम लायन्स राजु सिबाकोटीको अध्यक्षतामा सम्पन्न भएको हो ।

Share.

Leave A Reply