play_circle_outline On Air

तपाईको रोजाइ

play_circle_outline On Air

तपाईको रोजाइ

गलत तथ्य दिएका म्याराथनका कीर्तिमानी धावकमाथि चार वर्षको प्रतिबन्ध

0

असार २० , काठमाडौं । म्याराथनका पूर्व कीर्तिमानधारी धावक विल्सन किप्साङमाथि चार वर्षको प्रतिबन्ध लगाइएको छ। एन्टी डोपिङ नियम तोडेको भन्दै ३८ वर्षीय केन्याली धावकमाथि प्रतिबन्ध लगाइएको हो।

उनले अप्रिल २०१८ र मे २०१९ को बीचमा एन्टी डोपिङको नियम तोडेको विश्व एथ्लेटिक्सले जनाएको छ।

एक वर्षको अवधिमा तीन पटक नियम उल्लङ्घन गरेमा स्वत: प्रतिबन्ध हुने व्यवस्था छ।

दुई पटक लन्डन म्याराथन जितेका किप्साङले मे २०१९ मा डोपिङ टेस्ट गराएका थिएनन्।उनले ट्राफिक दुर्घटना भएको भन्दै टेस्ट गराउन नसकेको जानकारी दिएका थिए। तर उनले दिएको फोटो अगस्ट २०१९ को भएको पुष्टि भएको थियो।

Share.

Leave A Reply