play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

गेटाफेविरूद्ध रियल मड्रिडको संघर्षपूर्ण जीत

0

असार १९ , काठमाडौं – स्पेनिस ला लिगामा शीर्ष स्थानको रियल मड्रिडले गेटाफेविरूद्ध संघर्षपूर्ण जीत निकालेको छ ।

कप्तान सर्जियो रामोसले पेनाल्टीमा गोल गरेपछि गएरातिको खेलमा रियलले गेटाफेलाई १-० ले पराजित गरेको छ ।

घरेलु मैदान अल्फ्रेडो डी स्टेफानो रंगशालामा भएको खेलमा गेटाफेले दोस्रो हाफमा गरेको भूल नै हारको कारण बन्यो ।

७८ औं मिनेटमा म्याथिअस ओलिभिएराले ड्यानी कार्भाजललाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

उक्त पेनाल्टीको अवसरलाई रामोसले सदुपयोग गर्दै रियललाई जीत दिलाए । जीतसँगै रियल म्याड्रिडले अंक तालिकामा दोस्रो स्थानको बार्सिलोनाभन्दा ४ अंकको स्पष्ट अग्रता कायम गरेको छ ।

रियलको ३३ खेलमा ७४ अंक छ । दोस्रो स्थानको बार्सिलोनाको समान खेलबाट ७० अंक जोडेको छ ।

Share.

Leave A Reply