play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

सेफिल्ड युनाइटेडसँग टोटेनहम पराजित

0

असार १९ , काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा सेफिल्ड युनाइटेडसँग टोटेनहम पराजित भएको छ ।

बिहीबार राति घरेलु मैदानमा भएको खेलमा सेफिल्डले टोटेनहलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

सेफिल्डलाई जीत दिलाउन सन्डेर बेर्गे, माउसेट र ओलिभर म्याकब्रुनीले एक एक गोल गरे । टोटेनहमका ह्यारी केनले एक गोल फर्काए ।

खेलको ३१ औं मिनेटमा सन्डेरले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ६९ औं मिनेटमा माउसेटले गोल गर्दा सेफिल्ड २-० ले अघि रह्यो । ८४ औं मिनेटमा ओलिभरले गोल गर्दा घरेलु टिम ३-० ले अघि रह्यो ।

त्यसपछि खेलको अन्तिम समयमा केनले एक गोल फर्काए पनि टोटेनहम ३-१ ले पराजित भयो ।

जीतसँगै सेफिल्ड लिगको सातौं स्थानमा उक्लिएको छ । सेफिल्डले ३२ खेलमा ४७ अंक जोडेको छ । पराजित टोटेनहम ४५ अंक जोडेर लिगको नवौं स्थानमा रहेको छ ।

Share.

Leave A Reply