play_circle_outline On Air

अभिमत

play_circle_outline On Air

अभिमत

इंग्लिस प्रिमियर लिग फुटबल : वेस्ट ह्यामसंग हार्‍यो चेल्सी

0

असार १८ , एजेन्सी- प्रिमियर लिग फुटबलमा वेस्ट ह्यामसँग चेल्सीले हार ब्यहोरेको छ । चेल्सीले वेस्ट ह्यामसंग ३–२ को पराजय ब्यहोरेको हो ।

ब्राजिली स्टार विलियनमले दुई गोल गरे पनि चेल्सीले हार जोगान सकेन । उनले खेलको ४२ औं मिनेटमा पेनाल्टीमा चेल्सीलाई अग्रता दिलाएका थिए ।

हिलो हाफको ईन्जुरी समयमा टोमस सौसेकले घरेलु टोलीका लागि बराबरी गोल फर्काए । माईकेल एन्टोनियोले ५१ औं मिनेटमा गोल गर्दै वेस्ट ह्यामलाई २–१ को अग्रता बनाएको थियो ।

पुनः विलियनले ब्यक्तिगत दोस्रो गोल गर्दैै खेल बराबरीमा ल्याएका थिए । खेल सकिन एक मिनेट अघि एन्ड्री यरमालेन्कोले वेस्ट ह्यामका लागि विजयी गोल गरे ।

बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका उनले काउन्टरमा गोल गर्दै उनले जित दिलाएका थिए ।

चौथो स्थानमा ५४ अंक जोडेर बसेको चेल्सीलाई म्यान्चेष्टर युनाईटेड र उल्भ्सले ५२ अंक सहित पछ्याईरहेका छन् । वेस्ट ह्याम भने ३० अंक सहित तालिकाको १६ औं स्थानमा छ ।

Share.

Leave A Reply