एमसीसीबारे छलफल गर्न परराष्ट्र र अर्थमन्त्रीसँगै सचिवालय बैठकमा बोलाइयो

0

जेष्ठ १७, काठमाडौँ । आर्थिक वर्ष ०७७/०७८ को बजेटमा अमेरिकी सहयोग कार्यक्रम (एमसीसी) अन्तर्गतको कार्यक्रम समावेश भएपछि उत्पन्न विवाद समाधानका लागि नेकपाको सचिवालय बैठक जारी छ ।

शनिबार बिहान ९ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी सचिवालय बैठकमा नेकपाले गठन गरेको एमसीसी अध्ययन कार्यदलका सदस्य, परराष्ट्र र अर्थमन्त्रीलाई पनि बोलाइएको छ ।

पार्टीमा विवादित बनेको एमसीसी कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट कार्यक्रमा घुसाएको भन्दै असन्तुष्ट नेताहरुले सचिवालय बैठक माग गरेका थिए ।

बैठकमा सचिवालयका सबै सदस्यसहित एमसीसी कार्यदल सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा र स्थायी कमिटी सदस्य भीम रावललाई पनि आमन्त्रित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

Share.

Leave A Reply