play_circle_outline On Air

कथा

play_circle_outline On Air

कथा

दैलेखको क्वारेन्टाइनमा बसेका एक युवकको आज बिहान मृत्यु

0

जेठ १७, दैलेखको क्वारेन्टाइनमा बसेका एक युवकको आज बिहान मृत्यु भएको छ ।दुल्लु नगरपालिका–७ मा रहेको विद्युत् प्राविधिकरणको भवनमा रहेको क्वारेन्टाइनमा बसेका दुल्लु नगरपालिका–११ का ३५ वर्षीय कर्णबहादुर थापाको मृत्यु भएको हो ।बिहान चिया बिस्कुट खाएर बसिरहेको अवस्थामा एक्कासी बेहोस भएका थापाको केही बेरमा मृत्यु भएको बताइएको छ ।उनी १२ दिनअघि भारतबाट आएका थिए । क्वारेन्टाइनमा बसेका सबैको स्वाब संकलन गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्थान जुम्लामा दुई दिनअघि पठाइसकेको छ ।

Share.

Leave A Reply