play_circle_outline On Air

उकाली ओराली

play_circle_outline On Air

उकाली ओराली

बुटवल कोरोना विशेष अस्पतालमा मृत्यु भएका व्यक्तिको प्रारम्भिक रिपोर्ट ‘नेगेटिभ’

0

चैत १७, रुपन्देहीको बुटवल उपमहानगरपालिकाले बनाएको बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएका व्यक्तिको प्रारम्भिक रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।मृत्यु भएका व्यक्तिको स्वाब परीक्षणका लागि काठमाडौं ल्याइएको थियो । राष्ट्रिय प्रयोगशालाले ती व्यक्तिको स्वाब परीक्षणका क्रममा प्रारम्भिक रिपोर्ट ‘नेगेटिभ’ आएको जनाएको छ । प्रयोगशालाले विस्तृत रिपोर्ट आजै आउने पनि जनाएको छ ।


गत ८ चैत्रमा यूएईबाट नेपाल आएका सैनामैनाका युवकको आइतबार (हिजों मृत्यु भएको थियो । रुपन्देही सैनामैना नगरपालिकाका ती युवक यूएईमा ट्याक्सी चलाउने काम गर्थे ।ज्वरो, श्वासप्रश्वासमा समस्या, घाँटी दुख्नेलगायत समस्या देखिएपछि उनी गत बिहीबार उक्त अस्पतालमा भर्ना भएका थिए ।

Share.

Leave A Reply