play_circle_outline On Air

सिनर्जी हेल्थक्लब

play_circle_outline On Air

सिनर्जी हेल्थक्लब

काेराेनाका कारण विश्वभर ज्यान गुमाउनेको सङ्ख्या ३४ हजार नजिक,सात लाख २२ हजार सङ्क्रमित

0

चैत १७, विश्वका विभिन्न देशमा अहिलेसम्म डेढ लाखभन्दा धेरै कोरोना भाइरस (काेभिड १९) सङ्क्रमित उपचारपछि निको भएका छन् ।एक ९९ देश र दुई वटा अन्तर्राष्ट्रिय पानीजहाजमा फैलिएको कोरोनाका कारण सात लाख २२ हजार १ सय ९६ मानिस सङ्क्रमित भएकामा एक लाख ५१ हजार ७ सय ६६ जना उपचारपछि निको भएका छन् ।विश्वभर पाँच लाख ३५ हजार सात सय ९६ जनाको उपचार भइरहेकाे छ भने ३३ हजार ९ सय ७६ जनाको ज्यान गएको छ ।


सबैभन्दा धेरै इटलीमा १० हजार सात सय ७९ जनाको ज्यान गएको छ । स्पेनमा पनि ज्यान गुमाउनेको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ । स्पेनमा गएको २४ घण्टामा सबैभन्दा धेरै आठ सय २१ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या ६ हजार आठ सय तीन पुगेको छ ।यसैगरी अमेरिकामा भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ह्वात्तै बढ्दै गएको छ । अमेरिकामा आइतबार एकैदिन साढे १७ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् । अमेरिकामा एक लाख ४१ हजार एक सय ६९ जनामा कोरोना भएको पुष्टि भएको छ ।

Share.

Leave A Reply