play_circle_outline On Air

उकाली ओराली

play_circle_outline On Air

उकाली ओराली

लकडाउन प्रभावित श्रमिकलाई स्थानीय तह र प्रदेशले राहत दिनुपर्ने

0

चैत १६, कोरोना रोकथामका लागि सरकारले चालेको कदमबाट प्रभावित श्रमिकलाई स्थानीय तह र प्रदेश सरकारले राहत दिने निर्णय गरेको छ ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राहत दिनुपर्ने श्रमिक परिवार स्थानीय तहले पहिचान गरी स्थानीय तह र प्रदेशले कोष खडा गरी राहत दिने निर्णय गरेको हो ।


सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री युवराज खतिवडाले यस्तो कोषमा रकम अपुग भए संघीय सरकारले उपलब्ध गराउने जानकारी दिए ।राहत दिनुपर्ने श्रमिक परिवार स्थानीय तहले पहिचान गरी लगत तयार गर्ने र राहत लिने परिवारले वडा कार्यालयमा निवेदन दिनुपर्ने निर्णय पनि सरकारले गरेको छ । त्यस्तै, स्थानीय तहले राहत उपलब्ध गराउँदा लकडाउन अवधिभरको दैनिक आवश्यकता पूरा हुनेगरी मात्र गर्ने मन्त्री खतिवडाले बताए ।पर्यटन क्षेत्रको श्रमिकको चैत महिनाको पारिश्रमिक रोजगारदाताले दिने, ज्यालादारी कामदारको चैत महिनाको पारिश्रमिक पनि रोजगारदाताले दिनुपर्ने निर्णय सरकारले गरेको छ ।

Share.

Leave A Reply