मधु लामाको भ्यालेनटाइन डे स्पेशल ‘जाउन सरर’

0

सुचना गुरुङ

फागुन,१।
रियालिटि शो ‘द भ्वाईस अफ नेपाल सिजन २’ बाट चर्चामा रहेका निकै प्रतिभाशाली गायक मधु लामाको भ्यालेनटाइन डे स्पेशल पारी आपनो नयाँ गीत ‘जाउन सरर’ को भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा लोकप्रिय गीतकार डि.पी खनालको शब्द रचना रहेको छ । मनोज थापा मगरले सङ्गीत भर्नु भएको छ ।

यस भिडियोमा गायक मधु लामा स्वयंमले निर्देशन गर्नुभएको छ भने मनोज थापा मगर र रक्षा बस्नेतको अभिनय देख्न सक्नुहुनेछ । जसमा अनिल कट्वालको छायाङकन तथा बिजेस पौडेलको सम्पादनमा ‘डश म्युजिक नेपाल ’ नामक यूटयुब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

Share.

Leave A Reply