play_circle_outline On Air

नेपाल खबर

play_circle_outline On Air

नेपाल खबर

ल्होछार पर्वको अवसरमा ठोरीमा तीन दिन विदा

0

माघ १०, पर्साको ठोरी गाउँपालिकाले सोनाम ल्होछार पर्वको अवसरमा तीन दिन सार्वजनिक विदा दिएको छ । तामाङ जातिको बाहुल्य भएकोले ल्होछारमा पालिका क्षेत्र भित्रका सबै सार्वजनिक कार्यालयहरुमा माघ ११ गतेदेखि १३ गतेसम्म तीन दिन विदा दिइएको गाउँपालिकको कार्यालयले जनाएको छ ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बहादुर थापाद्वारा जारी सूचनामा तामाङ जातिको नव वर्ष २८५६ औं सोनाम ल्होछारको शुभकामना समेत दिईएको छ ।
शुक्रबार नै नेपाल तामाङ घेदुङ ठोरी गाउँपालिका र नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समितिले सोनाम ल्होछारमा तीन दिन सार्वजनिक विदा दिन माग गरेका थिए ।

मोटरसाइकल र्‍यालीसहितको टोलले ठोरी गाउँपालिका कार्यालयमा गई ल्होछार पर्वमा ३ दिन छुट्टि दिन माग सहितको ज्ञापनपत्र समेत बुझाएका थिए ।नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति पर्साका अध्यक्ष ङेमा लामा पाख्रिन (निमा) नेतृत्वको टोलीले प्रमुख प्रशासकीय अधिकृत थापालाई ज्ञापनपत्र बुझाएका हुन् । गाउँपालिकामा तामाङ समुदायको बाहुल्यता भएकोले सोनाम ल्होछार (जिवा ल्हो) मा पालिकामा तीन विदा दिन माग गरिएको पाख्रिनले बताए ।मन्जुश्री सम्वत २८५६ औं सोनाम ल्होछारको अवसरमा उनीहरुले शुभकामना आदानप्रदान कार्यक्रम समेत गरेका थिए ।

Share.

Leave A Reply