play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

पूर्वी चितवनमा तीन दिन १२ घण्टा विद्युत अवरुद्ध हुने

0

माघ १० चितवन, पूर्वी चितवनका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने भएको छ। टाँडी र पर्सा फिडर अन्तर्गत यही ११ गतेदेखि १३ गतेसम्म विहान ६ वजेदेखि वेलुका ६ वजेसम्म विद्युत आपुर्ती वन्द हुने रत्ननगर वितरण केन्द्रले जनाएको छ।नेपाल विधुत प्राधिकरण रत्ननगर वितरण केन्द्र अन्तर्गत रहेका क्षेत्रमा विधुत आपुर्ती वन्द हुने वितरण केन्द्रले एक सूचना जारी गरि जानकारी दिएको हो।


टाँडी वितरण केन्द्र अन्तर्गतको ३३ दशमलव ११ के.भी., पर्सा सव—स्टेशन ६ दशमलव ८ एम.भि.ए पावर ट्रान्सफर्मरहरुको तेल शुद्धिकरण कार्य गर्नु पर्ने भएकोले माघ ८ गते देखि १३ गतेसम्म विद्युत आपुर्ती वन्द रहने वितरण केन्द्र प्रमुख चुटुन कुमार श्रीवास्तवले जानकारी दिए।वितरण केन्द्र अन्र्तगत चैनपुर र खैरहनीफिडर अन्र्तगत माघ ८ गतेदेखि १० गतेसम्म दैनिक विहान ६ वजेदेखि वेलुका ६ वजेसम्म दैनिक १२ घण्टा विद्युत आपुर्ती वन्द हुने छ।

Share.

Leave A Reply