play_circle_outline On Air

देशप्रेदेश

play_circle_outline On Air

देशप्रेदेश

आज मकवानपुरगढीमा २५७ औँ विजयोत्सव मनाइँदै

0

माघ १०,
गोर्खाली सेनाले तत्कालीन मुगल बादशाह मिरकासिमको सेनालाई पराजित गरेको ऐतिहासिक सम्झनामा मकवानपुरमा भव्यताका साथ आज विजयोत्सव मनाइँदैछ ।

वीर गोर्खालीले सो सेनालाई पराजित मात्र गरेन् ५०० भन्दा बढी आधुनिक हातहतियार र शक्तिशाली तोपहरु नियन्त्रणमा लिन सफलता प्राप्त गरेको जनाइएको छ । इतिहासकारका अनुसार गोर्खाली सेनाले एकैदिन मुगलको १७ सय सेनालाई पराजित गरिदिएको थियो । गोर्खाली सेनाले ऐतिहासिक विजय प्राप्त गरेको २५७ वर्ष पुगेको छ । गोर्खाली सेनाले विदेशी सेनासित लडेको पहिलो युद्धका रुपमा लिइन्छ । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले विजयोत्सव कार्यक्रम भव्य रुपमा मनाउन लागिएको जानकारी दिनुभयो ।

Share.

Leave A Reply