play_circle_outline On Air

मै सरी सुनाखरी

play_circle_outline On Air

मै सरी सुनाखरी

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा राजु

0

२९ पुस।

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा राजु श्रेष्ठ निर्वाचीत हुनुभएको छ । नयाँ नेतृत्वको लागि भएको उद्योग वाणिज्य संघ–चितवनको ५३औँ वार्षिक साधारण सभा तथा अधिवेशन बाट राजु श्रेष्ठ एक हजार नै सय ८० मतका साथ अध्यक्षमा निर्वाचीत भएको हो । उहाँका निकटम प्रतिद्धन्द्धी ज्ञानेन्द्रमान शाक्यले भने एक हजार एक सय ९३ मत प्राप्त गनुभयो । उद्योग वाणिज्य संघको निर्वाचनमा तीन हजार ७ सय ८२ मतदाता भए पनि ३१ सय ७३ मात्र मत खसेको थियो । यस अघि बरिष्ट उपाध्यक्षमा चुननारायण श्रेष्ठ र उपाध्यक्षहरुमा भोजराज कौडेल, सुमन श्रेष्ठ र चिरन्जीवी सुवेदी निरविरोध निर्वाचीत हुनुभएको थियो । आज भएको निर्वाचनमा उद्योग तर्फको सदस्यहरुमा अशोक अधिकारी , कृष्ण प्रसाद रिजाल, विनोद पौडेल, भानुभक्त न्यौपाने, योगीता थापा र लिल बहादुर क्षेत्री विजयी हुनुभयो । वाणिज्य सदस्य तर्फ चेतनारायण सापकोटा, थ्री प्रसाद धिताल, बद्रि पौडेल, लक्ष्मि रिमाल पौडेल, विकास थापा र ज्ञानु प्रसाद न्यौपाने विजयी हुनुभयो । महिला उद्यमी तर्फ रजनी मास्के विजयी हुनुभएको छ । कपोरेट सदस्य तर्फ राजेन्द्र ओली र शिरीष पन्त त्यस्तै वस्तुगत तर्फ दुर्गा दत्त कंडेल , शर्मिला न्यौपाने विनोद तिमल्सीना र धन प्रसाद पोख्रेल विजयी हुनुभएको छ । विजयीहरुलाई भोली दिउँसो १ बजे पदहस्तान्तरण कार्यक्रम राखिएको छ । विजय भए संगै सिनर्जी एफ.एम संग कुराकानी गर्दै विजयी उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा राजु श्रेष्ठले विपक्षीमा रहेका व्यवसायी साथीहरुलाई पनी संगै मिलाएर लैजाने बताउनु भएको छ ।

Share.

Leave A Reply