play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

दुर्लभ सेतो चित्तल चितवनमा देखियो

0

चितवन राष्ट्रिय निकुञ्जको ‘बर्फर जोन’मा दुर्लभ सेतो चित्तल देखापरेको छ ।

मंगलबार बिहान मेघौलीस्थित राधाकृष्ण सामुदायिक वनमा सेतो चित्तल चरिरहेको अवस्थामा देखापरेको ‘टुरगाइड’ बुद्धिष्ट मानन्धरले जानकारी दिएका छन् ।

उक्त चित्तल करिब एक वर्षको भएको अनुमान गरिएको छ ।

प्रकृतिविद् अश्बिन गुरुङकाअनुसार यस क्षेत्रमा एक वर्षअघि सेतो चित्तलका दुईओटा बच्चाहरु देखिएको थियो । मंगलबार भने एउटा पोथी सेतो चित्तल देखापरेको उनले जानकारी दिए ।

एउटा सेतो चित्तल मरेको हुनसक्ने उनको अनुमान छ ।

Share.

Leave A Reply