play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

विष खुवाएर नाबालक छाेराकाे हत्या गरेकाे कसुरमा आमालाई जन्मकैद फैसला

0

आफ्ना दुई नाबालक छोराहरुलाई विष खुवाएर हत्या गरेको कसुरमा महाबु गाउँपालिका १ खरिगैराकी २४ वर्षीया कल्पना नेपालीलाई दैलेख जिल्ला अदालतले जन्मकैद फैसला सुनाएकोे छ । 

घटना प्रकृति र घटना सम्बन्धमा प्राप्त प्रमाणहरुका आधारमा कसुर गरेको ठहर भएकोले जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको एकल इजलासले यस्ताे फैसला गरेकाे दैलेख जिल्ला अदालतका सूचना अधिकारी विनाेद आचार्यले जानकारी दिनुभयो ।  

विसं २०७५ कात्तिक १० गते दिउँसो भुटेको भातमा मेटासिड घोलेर खुवाएपछि उपचारको लागि सदरमुकाम ल्याउँदै गर्दा सात वर्षीय जेठो छोरा आयुष नेपाली बाटोमा र तीन वर्षीय कान्छो छोरा अमित नेपालीको उपचारको क्रममा ज्यान गएकाे थियो ।

विष लागेको थाहा पाएपछि स्थानीयको पहलमा अस्पताल ल्याउँदै गर्दा आयुषको बाटोमै र अमितको भने उपचारको क्रममा २०७५ कात्तिक १५ गते कोहलपुर मेडिकल कलेजमा ज्यान गएकाे भनि जिल्ला प्रहरी कार्यालय दैलेखमा कात्तिक १६ गते ज्यानसम्बन्धी कसुरमा जाहेरी दर्ता भएको थियो । 

Share.

Leave A Reply