play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

पुस २५ गतेदेखि १० औं रत्ननगर महोत्सव हुने

0

चितवन, मंसिर, १९ ।

कृर्षि आधुनिकीकरण परियोजना अन्तर्गतका कार्यक्रमलाई विशेष प्राथमिकता दिँदै आगामी पुस २५ गतेदेखि १० औं रत्ननगर महोत्सव हुने भएको छ । “रत्ननगर महोत्सव हाम्रो पहिचान व्यवसायिक कृर्षि र पर्यटन प्रर्वधन हाम्रो अभियान” भन्ने मुल नाराका साथ रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको सो महोत्सव यसपटक कृषि विशेषका रुपमा आयोजना गर्न लागिएको संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक राजाराम रेग्मीले पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ ।

महोत्सवमा विशेष कृषिको व्यवसायीकरणमा जोड दिइएको रेग्मीले बताउनुभयो । महोत्सवमा उद्योग, व्यापार, पर्यटन, स्थानीय कला संस्कृति तथा अन्य क्षेत्रका वस्तु उत्पादन प्रवद्र्धन गरिनेछ । हेलिकप्टरबाट उपरदनगढी, सिराईचुली, परेवाकोट, देवघाट लगाएत चितवनको पर्यटकीय स्थलको दृष्यावलोकन गर्न सकिने रेग्मीले जानकारी दिनुभयो । हेलिकप्टरको टिकट रु ४५ सय देखि ५ हजार सम्म राखिएको बताउनुभयो । साथै भ्रमण वर्ष २०२० लाई सफलता पूर्वक सम्पन्न गर्न महोत्सले मद्धत गर्ने रेग्मीले बताउनुभयो । पुस २५ गतेदेखि माघ ७ गतेसम्म रत्ननगरस्थित टिकौलीको प्रस्तावित क्षेत्रीय रंगशालामा सञ्चालन हुने उक्त महोत्सवमा करिब ५०० स्टल रहनेछ । दशौंँ संस्करणका रुपमा आयोजना गर्न लागिएको सो महोत्सवमा पाँच लाख दर्शकको सहभागिता हुने र करिब रु ५० करोडको कारोबार हुने अनुमान गरिएको छ । महोत्सवमा डेढ करोड भन्दा बढी आम्दानी हुने आर्थीक समितिका संयोजक ज्ञान वहादुर बिसुरालले जानकारी दिनुभयो । उहाँले टिकट बिक्रिबाट मात्रै ४५ लाख आम्दानी हुने बताउनुभयो । यस्तै, यस वर्ष पनि पुस २९ देखि ४ गते सम्म ५ दिन रत्ननगरको टाँडी बजारमा मासुका बिभिन्न परिकार सहित तेस्रो फुड फेस्टिबल र दोस्रो पोल्ट्री विशेष चिकेन एण्ड एग फुड फेस्टिबल आयोजना गरिएको छ । फेस्टिबलमा पोल्ट्री जन्य उत्पादनलाई विशेष प्राथमिकता दिएको बिसुरालले जानकारी दिनुभयो । सर्वसाधारणलाई प्रवेश टिकट शुल्क रु ५० राखिएको छ भने बिद्यार्थीहरुलाई परिचय पत्रका आधारमा रु २५ टिकट राखिएको छ । कार्यक्रममा रत्ननगर नगरपालिकाकी उपप्रमुख बिकला दुवाडी, रत्ननगर उद्योग वाणिज्य संघका बरिष्ट उपाध्यक्ष अनिल कृष्ण श्रेष्ठ लगाएतले मन्तव्य व्यक्त गर्नुभएका थिए ।

Share.

Leave A Reply