play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको एभर्टनमाथि प्रभावशाली जित

0

मंसिर १९,
सिजनको मध्य तिर आइपुग्दा साबिक उपविजेता लिभरपुलले यो सिजन इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि हाफ्नो पक्षमा पार्ने सम्भावना थप बलियो बनाउँदै लगेको छ ।लिग अन्तर्गत गए राति भएको खेलमा लिभरपुलले एभर्टनलाई ५–२ ले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा चार गोल गरेर दुई गोल खाएको लिभरपुलले दोस्रो हाफमा एक गोल थपेको हो ।

लिभरपुलका लागि डिभोक आरिजीले ६ र ३१ औँ मिनेटमा, जेर्दान शाकीरीले १७ औँ मिनेटमा तथा साडिओ मानेले ४५ औँ मिनेटमा गोल गरेका हुन् । एभर्टनका लागि माइकल किनले २१ औँ तथा रिचार्लिसनले पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा गोल गरेका हुन् । लिभरपुलका लागि ९० औँ मिनेटमा जर्जि्नियो वाइनाल्डमले गोल गरे । जितपछि शीर्ष स्थानको लिभरपुलका १५ खेलबाट ४३ अंक भएको छ । उसले दोस्रो स्थानमा आएको लेस्टर सिटीसँगको अंक दूरी ८ कायम गरेको छ । पराजित भएको एभर्टन भने रेलिगेशन जोनमा छ । उसको १५ खेलबाट १४ अंक भएको छ

Share.

Leave A Reply