play_circle_outline On Air

लोककोसेली

play_circle_outline On Air

लोककोसेली

नवलपरासी सुस्तामा नेपाली भूमि अतिक्रमण हुने खतरा बढ्यो

0

१९ मंसिर,
पश्चिम नवलपरासीको सुस्तामा भारतीय पक्षले अवरोध गरेपछि नदी किनारमा बनाउनुपर्ने तटबन्धन बाटो र खेत नजिकबाट निर्माण गरिएको छ । अवरोधकै कारण अन्य केही क्षेत्रमा अझै पनि तटबन्धन निर्माण हुन सकेको छैन । नारायणी नदी किनार हुँदै विगत पाँच वर्षअघिबाट सुस्तामा तटबन्धनको निर्माण कार्य सुरु भइरहेको छ ।

नदीबाट हुने क्षतिलाई कम गर्न तटबन्धन सुरु गरिएको हो । तटबन्धन कार्य नदी छेउको नेपालीहरुको पूर्जा रहेको स्थान ‘धनैया रेता’ भन्ने क्षेत्रबाट गर्नुपर्ने थियो । तर भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले बनाउन नदिएपछि बाटो र खेत नजिकैबाट तटबन्धन गरिएको सुस्तावासीको गुनासो छ । धनैया रेतालाई छाडेर नजिकैबाट तटबन्धन गरेका कारण सोही बहानामा उक्त जग्गा भारतीयहरुले आफ्नो भन्दै दाबी गर्न सक्ने संभावना पनि उत्तिकै बढेको छ । तर आफूहरुसँग यथेष्ट प्रमाण रहेकाले यस विषयमा सरकारले सोधखोज गर्नुपर्ने सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खाँको भनाइ छ । तटबन्धन नगरे नदीले खेती योग्य जमिन कटान गर्ने भएकाले तत्काललाई विवाद नगरी खेती जोगाउन धनैयाँको जमिन छाडेर तटबन्धन गरिएको सुस्तावासीको भनाइ छ ।

Share.

Leave A Reply